अमेरिकामा रेखाले दिइन् छोरीलाई जन्म

११ फागुन २०८० ११:११

नायिका रेखा थापा आमा बनेकी छिन् । उनले, अमेरिकामा छोरीलाई जन्म दिएकी हुन् । सामाजिक संजालमा तस्वीर शेयर गर्दै रेखाले छोरीलाई यो धर्तीमा स्वागत गरेकी छिन् ।

रेखाले छोरीको नाम समेत राखेकी छिन् । उनले, छोरीको नाम वैभवी राज्यलक्ष्मी शाह राखेकी छिन् ।

रेखाले सामाजिक संजालमा लेखेकी छिन्–‘‘हेर आकाशमा कालो बादल वरिपरी चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनको महान कारण छ ।’

गर्भवती भएपछि रेखा अमेरिका उडेकी थिइन् । रेखा अमेरिका उडेपछि उनको चर्को आलोचना पनि भएको थियो । सन्तान जन्माउनका लागि अमेरिका उडेको भन्दै रेखाको आलोचना भएको हो । तर, रेखाले भने आरोपहरुको खण्डन गर्दै आएकी थिइन् ।

गतबर्ष बलराम शाहीसँग बिहे गरेकी रेखाले निर्माण गरेको फिल्म ‘उपहार’ फागुनको २५ गतेबाट रिलिजमा आउँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *