‘मेयर’को छायांकन प्रारम्भ – फरक लुक्समा खगेन्द्र

११ फागुन २०८० ५:०९

सर्लाही बागमती नगरपालिकाका मेयर भरत थापाको जीवन संघर्षमा आधारीत रहेर निर्माण हुन लागेको चलचित्र ‘मेयर’को छायांकन थालिएको छ । काठमाडौंबाट यो चलचित्र छायांकनको सुरुवात गरिएको हो । केही दिन काठमाडौंमा छायांकन गरेर यसको टिम सर्लाही पुग्नेछ ।

यो चलचित्रको शीर्ष भूमिकामा नायक खगेन्द्र लामिछानेले काम गर्दैछन् भने छायांकन प्रारम्भ भएको दिनमै उनको लुक्स सार्वजनिक गरिएको छ । सार्वजनिक लुक्समा उनलाई फरक र् अनौठो देखिएको छ। झट्ट हेर्दा सर्लाहीका मेयर नै पो होकी भन्ने लाग्छ।

केही राम्रो काम गरेर छाड्छु भन्ने संकल्प बोकेको एक मान्छेले कठिन परिस्थिति र अवरोधका बीच कसरी समाजलाई राम्रो बाटोमा डोर्याउन सक्छ भन्ने कथालाई चलचित्रले प्रस्तुत गर्नेछ।

चलचित्रको निर्देशक तथा कार्यकारी निर्माता दीपेन्द्र के खनाल हुन्। यो चलचित्रमा शर्मिला पाण्डे र श्रृष्टिमाँ खनालको लगानी रहनेछ। चलचित्रमा कृष्ण बहादुर थापाको छायांकन, जयन जे वाइवा र कल्याण सिंहको संगीत र महेश दवाडीको पटकथा रहनेछ ।

चलचित्रमा अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रविन्द्र झा, रमेश वुढाथोकी, अर्विशा थापा, संजोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बीसी लगायतको पनि मुख्य भूमिका रहनेछ । चलचित्रको छायांकन काठमाडौं र सर्लाहीमा हुनेछ । फागुनको १२ गतेबाट चलचित्रको छायांकन सुरु गरिने निर्माणपक्षले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *