निर्देशक कृषा चौलागाईंको निर्देशनमा तयार हुने चलचित्र ‘पिताम्बर’को छायांकन सुरु गरिएको छ । आज शुक्रबार नवलपरासीबाट चलचित्रको छायांकन आरम्भ गरिएको हो।
चलचित्रको पहिलो सेड्यूलको छायांकन नवलपरासी र भारतमा हुनेछ । यसपछि, केही महिनाको ब्रेक लिएर निर्माणपक्षले दोस्रो सेड्यूलको छायांकन गर्नेछ । पहिलो सेड्यूलको छायांकनमा भने यो चलचित्रको मुख्य नायक प्रदीप खड्का हुने छैनन् । उनको सबै दृश्यको छायांकन दोस्रो सेड्यूलमा मात्र निर्देशक चौलागाईंले बताएकी छिन्।
केपी फिल्मस्को प्रस्तुतिमा पुरुषोत्तम प्रधान फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, प्रदीप भारद्वाजको कथा छ । चलचित्रमा विशाल चौलागाईंको लगानी रहनेछ ।
चलचित्रमा प्रदीप खड्का, सौगात मल्ल, आँचल शर्मा, सुरक्षा पन्त, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, दिव्य देव, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय रहनेछ ।