आज शुक्रबार बाट चलचित्र ‘गोर्खा वारियर’ एकसाथ रिलिजमा आएको छ। सोलो रिलिज पाएको यो चलचित्र १ घन्टा ५० मिनेट लामो छ। यो चलचित्रले नेपाली चलचित्र क्षेत्रमा नयाँ विषयवस्तुको उठान गरेसंगै सन् १९४९ मा मलाया जंगलमा गोर्खालीहरुले देखाएको वीरताको कथालाई चलचित्रको पर्दा मार्फत प्रस्तुत गरेकोछ।
निर्देशक मिलन चाम्स निर्देशित चलचित्र ‘गोर्खा वारियर’ लाई निर्देशक चाम्सले नेपाली चलचित्रमा नयाँ प्रयोग गरेका छन् । मलेसियाको जंगलमा नेपाली गोर्खाली सेनाहरूले वीरताको साथमा लडेको कथालाई उनले देखाउन खोजेका छन् । चलचित्रको मेकिक उच्च छ।
निकै महँगो बजेटमा निर्माण गरिएको यो चलचित्रलाई लिएर निर्माताहरुको व्यापारिक अपेक्षा पनि उच्च छ । गोर्खालीहरुको इतिहासको कथा र उनीहरुको बहादुरीताको दृश्य हेर्नका लागि पनि यो चलचित्र हलमा गएर हेर्न आवश्यक रहेको प्रतिक्रिया नेतादेखि चलचित्रकर्मीले विभिन्न ठाउँमा गरिएको प्रिमियरहरुमा दिइसकेका छन् ।
रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठले वितरण गर्ने यो चलचित्रमा विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको मुख्य भूमिकामा रितेश चाम्स छन् ।