‘द कार्टुन्ज क्रु’को वेब सिरिज ‘स्वस्थानी भर्सेस ग्याङ’ – शिर्ष भूमिकामा आश्मा

११ फागुन २०८० ४:०३

निर्देशक सरिन पोखरेलको निर्देशनमा चर्चित डान्सिङ समूह ‘द कार्टुन्ज क्रु’को वेब सिरिज ‘स्वस्थानी भर्सेस ग्याङ’ प्रसारण हुने भएको छ । कथा र पटकथा निर्देशक पोखरेलकै रहने यो सिरिजको शीर्ष स्वस्थानीको भूमिकामा आश्मा विश्वकर्मा प्रस्तुत हुनेछिन् ।

यो सिरिजमा सरोज अधिकारी र सागर खनाल निर्माता हुन् भने कार्यकारी निर्मातामा विजय अधिकारी छन् । प्रोफाइल पिक्चर्सले ‘कार्टुन्ज क्रु’सँगको सहकार्यमा यो सिरिज ल्याउन लागेको हो । पिक्चर्सले यसअघि रुचाइएका ‘हाम्रो हाइस्कुल’, ‘ट्वेन्टीफस्ट लभ’ र ‘यू एण्ड आई’ निर्माण गरेको थियो।

सिरिजमा आश्मासँगै सरोज अधिकारी, जिवेश गुरुङ, लक्ष्मी गिरी, विजय अधिकारी, अस्मिता खनाल, अभिप्सा खनाल, संयोग गुरागाईं, रोशनी कार्की, सोनिया लामा, निकोलस अर्याल लगायत कलाकार छन् । गायक प्रताप दासको केमियो भूमिका हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *