‘रुमानी रङ्ग’ निर्माणको घोषणा – साम्राज्ञी र धिरजको जोडी पर्दामा

१० फागुन २०८० १२:४१

चलचित्र ‘रुमानी रङ्ग’ निर्माणको घोषणा भएको छ। बिहिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माणपक्षले चलचित्र निर्माणको घोषणा गरेको हो। ‘डायरी’ निर्देशक अनिल योञ्जनको निर्देशनमा तयार हुने यो दोश्रो चलचित्र हो।

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रा.लिसँग आविष्कार बाहु संचार प्रा.लिको सहकार्यमा निर्माण हुन लागेको यो चलचित्रमा नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहनेछ।

निर्देशक योञ्जनले यो चलचित्रले प्रेमलाई कमेडीको लयमा भन्ने बताए । उनका अनुसार, चलचित्रले दुई परिवारको कथालाई प्रस्तुत गर्नेछ । भने, यो चलचित्रमा साम्राज्ञी शाह परिवारको छोरीको भूमिकामा देखिदैछिन् भने धिरज मगर परिवारको छोराको भूमिकामा देखिदैछन् ।

रोमान्टिक कमेडी कथामा निर्माण हुने यो चलचित्रको सम्पूर्ण छांयाकन अष्ट्रेलियामा हुनेछ। चलचित्रमा हरी लामा ठकुरी र जीएम ठकुरीको लगानी रहनेछ । जीएम ठकुरीको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रमा अनिलकै पटकथा तथा संवाद रहनेछ । कार्यकारी निर्माता ठकुरीको कथा रहेको चलचित्रमा महेश पौडेलको छायांकन रहनेछ।

चलचित्रको ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत छायांकन नेपालमा हुनेछ । आउँदो बर्षको वैशाख महिनाबाट यो चलचित्रको छायांकन सुरु गर्ने निर्माणपक्षको भनाई छ ।

दर्शकको सर्वाधिक डिमाण्डमा रहेका धिरज र साम्राज्ञीको जोडी धेरैसमयपछि फेरी एकपटक पर्दामा दोहोरिने भएका हुन्। साम्राज्ञी र धिरजले चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ एकसाथ काम गरेका थिए । यसपछि, यो जोडीको सर्वाधिक चर्चा पनि भयो । तर, चलचित्र रिलिज भइसक्दा यी दुईको सम्बन्धमा दरार आएको थियो । यसपछि, यी दुईले एकसाथ काम गर्न सकेका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *