‘बद्री बहादुर’को पोस्टरसँगै प्रदर्शन मिति घोषणा

१० फागुन २०८० ७:०७

निर्देशक शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘बद्री बहादुर’को प्रदर्शन मिती घोषणा भएको छ। चलचित्रको दुई पोस्टर सार्वजनिक गर्दै आगामी चैत्र २३ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो। एसअगाडी चलचित्रको प्रदर्शन मिती पटक पटक सार्दै आएको यो चलचित्रको अबभने यही मिती मै चलचित्र पर्दर्शन गर्ने निर्माणपक्षले जनाएको छ।

सार्वजनिक पोस्टरमा ‘धेरै हाँस्न नसक्नेले यो चलचित नहेर्नु होला’ लेखिएको छ। यसैले पनि यो चलचित्र हास्य प्रदान रहेको बुझ्न खासै गाह्रो पर्दैन् । सञ्चारकर्मी रबि अधिकारी चलचित्रका कार्यकारी निर्माता हुन्।

एबी पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको यो चलचित्रका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने निर्माता मिथुन भोटे रहेका छन्। चलचित्रमा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिब बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन रहको छ।

रोहित रत्नको आरआर फिल्मसले नेपालभर प्रदर्शनको जिम्मा लिएको यो चलचित्रमा विनोद सापकोटाको छायांकन तथा समिर मिया सम्पादन र रामजी राउतको मुख्य सहायक निर्देशन छ। काठमाडौं, लमजुङ, धरान र संखुवासभाको विभिन्न ठाउँमा चलचित्रको छायांकन गरिएको छ।

चलचित्रमा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजिब जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको अभिनय रहेको छ। यही चलचित्रबाट एलिना गुरुङले नेपाली चलचित्रमा ‘डेव्यु’ गरेकी छिन् भने अभिनेत्री पुजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *