‘रावायण’मा पल शाहको इन्ट्री – जम्ला त पूजा सँग जोडी ?

१० फागुन २०८० ५:२९

निर्देशक सुदर्शन थापाको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘रावायण’मा नायक पल शाहको इन्ट्री भएको छ। गतबर्ष नै घोषणा भएर पनि निर्माण हुन नसकेको यो चलचित्रको मुख्य भूमिकामा अबभने नायक पल शाह पक्का भएका छन्।

निर्देशक तथा निर्माता सुदर्शन थापा र नायिका तथा निर्मात्री पूजा शर्मा केही साता अगाडि पोखरा पुगेर पलसँग यो विषयमा कुरा गरेका थिए । यसपछि, पल यो चलचित्रका लागि काम गर्न तयार भएका थिए ।

चैत्रको दोस्रो साताबाट छायांकन गर्ने गरि चलचित्रको प्रि–प्रोडक्शनको तयारी धमाधम भैइरहेको छ । नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाले मिलेर निर्माण गर्ने यो चलचित्रमा नायक पलको इन्ट्री भएसङै कलाकारहरूको लाइनअप पनि पूरा भएको हो।

यो चलचित्रमा सकारात्मक र नकारात्मक गरी पल शाहले दोहोरो भूमिका निर्वहाँ गर्ने छन्। चलचित्र ‘म यस्तो गीत गाउँछु र म यस्तो गीत गाउँछु २’मा सहकार्य गरेका निर्देशक थापा, पूजा र पल ‘रावायण’ चलचित्र मार्फत फेरी सँगै सहकार्य गर्ने भएका हुन्। भने, बीचमा यी तीन जनाको सहकार्य टुटेको थियो।

चलचित्र ‘रावायण’ सुदर्शनको एउटा ड्रिम प्रोजेक्ट हो । आफ्नो पुरानो टिमलाई फेरि जोडेर सुदर्शनले काम अगाडि बढाएका छन् । नेपाली चलचित्र क्षेत्रमा लभ स्टोरी चलचित्र बनाउन माहिर मानिएका सुदर्शनले ‘रावायण’लाई उच्च क्यानभासमा खिच्ने तयारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *