काठमाडौँमा ‘गोर्खा वारियर’को भव्य प्रिमिएर – राजनीतिज्ञदेखि कलाकारसम्मको बाक्लो उपस्थिति

१० फागुन २०८० ४:५९

शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘गोर्खा वारियर’को भव्य प्रिमियर गरिएको छ। बुधवार काठमाडौँमा आयोजना गरिएको उक्त प्रिमियर कार्यक्रममा पूर्व प्रधानमन्त्री केपी ओली, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, राप्रपाका अध्यक्ष राजन्द्र लिङ्देन, सांसद ज्ञानेन्द्र शाह, कलाकार हरिबंश आचार्य, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का लगायत राजनीतिज्ञदेखि कलाकारसम्मको बाक्लो उपस्थिति रहेको थियो ।

निर्देशक मिलन चाम्स निर्देशित चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर हेर्न पुगेका नेतादेखी कलाकार सबैले चलचित्रलाई राम्रो बनेको प्रतिकृया दिएका छन्। सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा चलचित्रमा प्रस्तुत गरिएको छ ।< चलचित्रमा विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रलाई रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठले वितरण गर्दै छन् । सिनेआई प्रोडक्सनको प्रस्तुतिमा चाम्स इन्टरटेनमेन्टले निर्माण रहेको यो चलचित्रको निर्माता सुमन राई, सुस्मिता र ज्योतीराज राई हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *