‘रुमानी रंगहरु’- धिरज र साम्राज्ञीको जोडी पक्का

१० फागुन २०८० ४:२५

चलचित्र ‘डायरी’ निर्देशक अनिल योञ्जनको निर्देशनमा तयार हुने दोश्रो चलचित्र ‘रुमानी’मा नायक धिरज मगरको इन्ट्री भएको छ। यो चलचित्रको सुरुवातमा आर्यन अधिकारि र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भएका थिए ।

निर्माणपक्षले आर्यन र साम्राज्ञीले जोडी बाँध्न लागेको घोषणा पनि गरेको थियो । तर, अब चलचित्र ‘रुमानी रंगहरु’बाट नायक आर्यन अधिकारी बाहिरिए सँगै अर्का नायक धिरज मगरको इन्ट्री भएको हो। निर्माणपक्षले धिरजलाई कथा सुनाएपछि उनी यो चलचित्रको कथा मार्फत निकै प्रभावित भएका हुन् ।

दर्शकको सर्वाधिक डिमाण्डमा रहेका धिरज र साम्राज्ञीको जोडी धेरैसमयपछि फेरी एकपटक पर्दामा दोहोरिने भएका हुन्। साम्राज्ञी र धिरजले चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ एकसाथ काम गरेका थिए । यसपछि, यो जोडीको सर्वाधिक चर्चा पनि भयो । तर, चलचित्र रिलिज भइसक्दा यी दुईको सम्बन्धमा दरार आएको थियो । यसपछि, यी दुईले एकसाथ काम गर्न सकेका थिएनन् ।

रोमान्टिक कमेडी कथामा निर्माण हुने यो चलचित्रको सम्पूर्ण अष्ट्रेलियामा छांयाकन हुनेछ। चलचित्रमा हरी लामा ठकुरी र जीएम ठकुरीको लगानी रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *