‘बेहुली फ्रम मेघौली’ छायांकनका लागि चितवनमा निश्चल र स्वस्तिमा

९ फागुन २०८० ७:२४

निश्चल बस्नेत र स्वस्तिमा खड्काको निर्माण तथा अभिनय रहने चलचित्र ‘बेहुली फ्रम मेघौली’ को छायांकनका लागि कलाकारद्वय निश्चल र स्वस्तिमा यतिबेला चितवन पुगेका छन्। आउँदो बर्षको दशैँमा प्रदर्शन गरिने यो चलचित्रको छायांकनका लागि अहिले लोकेशन हेर्ने काम भईरहेको छ।

निर्देशकद्वय आकाश बराल र साजन काफ्लेको सयुक्त निर्देशन रहने यो चलचित्रको लागि निश्चल र स्वस्तिमाले चितवनको पर्यटकीय स्थलमा छायांकन सुरु गर्दैछन् ।

चलचित्रको छायांकन अब केही दिनमा सुरु गर्ने तयारीमा यो जोडी छ । त्यस्तै, स्वस्तिमा र निश्चलले काम गरेको चलचित्र ‘दिमाग खराब’ले बक्स अफिसमा सुपरहिटको व्यापार गरिसकेको छ ।

चलचित्रमा निश्चल र स्वस्तिमाको मुख्य भूमिका रहेको छ भने यो चलचित्रको लगानीकर्ता पनि निश्चल र स्वस्तिमा नै हुन्। स्वस्तिमाले दर्शकको स्वाद अनुसार, यो चलचित्रको निर्माण गर्न लागेको बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *