अष्ट्रेलिया पुगेर स्विकारे नितेशले समृद्धिसँगको प्रेम

९ फागुन २०८० ६:०५

गायक नितेशजंग कुवँरले गायिका समृद्धि राईसँगको प्रेम सम्बन्ध स्विकार गरेका छन्। ‘रिबर्थ टूर’का लागि अष्ट्रेलिया पुगेका गायक कुवँरले समृद्धिसँगको प्रेम स्विकारेका हुन्।

सिड्नीस्थित कोग्राको बैठक रेष्टुरेन्टमा आयोजना गरिएको मिट एण्ड ग्रीट कार्यक्रममा नितेशले प्रेमिका समृद्धि राईसँगको प्रेम सम्बन्ध स्विकार गरेका हुन्। त्यतिमात्र होइन- ‘उनीसँग विवाहको कुरा ठूलो रहेन । हामी त्यो भन्दा अगाडि बढिसकेका छौं । हामीबीचको सम्बन्ध, साथ र आत्मियता विवाहभन्दा ठूलो छ ।’उनले भने,

उनले आफ्नो सांगीतिक यात्रा लड्खडाएको बेलामा गायिका समृद्धिले साथ दिनेगरेको र त्यो साथ विवाहभन्दा वजनदार र अर्थपूर्ण रहेको सेमत बताएका छन्।

यतिबेला गायक नितेश र समृद्धिको रिबर्थ टूर चर्चामा छ । ‘हाम्रो’ नेपालमा नाम दिइएको यो कार्यक्रमको टुर ब्यबस्थापन रोटेपिङ इन्टरटेनमेन्टका राजेश घिमिरेले गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *