‘रुखान’मा नीति शाह पक्का, बिद्रोही महिलाको भूमिकामा देखिदै

९ फागुन २०८० ४:२६

नायिका नीति शाहले चलचित्र ‘रुखान’मा काम गर्ने पक्का भएको छ । सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको यो चलचित्रको मुख्य भूमिकामा नीतिसँग निर्माणपक्षले कागजी संझौता गरेको हो । ४ वटा भाषामा तयार हुन लागेको यो चलचित्रले एक बिद्रोही महिलाको कथा भन्नेछ । जसले, आम नागरिकको आवाज बोल्ने निर्माणपक्षको भनाई छ ।

नीतिका लागि यो चलचित्र विशेष हुने देखिएको छ । चलचित्रको केन्द्रिय भूमिकामा रहेकाले पनि उनको कामले चर्चा पाएको खण्डमा उनको करिअरलाई निकै ठूलो फाइदा पुग्नेछ ।

नीतिले धमाधम चलचित्र साइन गरिरहेकी छिन् । आउँदो बर्ष आफूलाई सर्वाधिक व्यस्त बनाउने तयारीका साथ नीति अगाडि बढेकी छिन् ।

यो चलचित्रलाई नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी भाषामा बनाउने तयारी निर्माणपक्षको छ । कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा बन्ने यो चलचित्रमा डाक्टर रुपक घिमिरेको कथा छ । चलचित्रका कार्यकारी निर्माता सविन श्रेष्ठ हुन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद रहनेछ ।

यो चलचित्र सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्मको निर्माणमा आवरण स्किन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ ।

चलचित्रले सिंगो देशका नागरिकहरुले समस्याबाट जुध्दै गर्ने संघर्षलाई देखाउने निर्देशक सविर श्रेष्ठले बताएका छन् । उनका अनुसार महिलाको संघर्षको कथालाई देखाउन लागिएकाले नायिकामा नीति शाहलाई अनुवन्धित गरिएको हो । कामको हिसाबमा नीतिको यो दोस्रो चलचित्र हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *