विराट-अनुष्कालाई दोश्रो सन्तानको रुपमा पुत्रलाभ

९ फागुन २०८० १:००

क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मालाई दोस्रो सन्तानको रुपमा पुत्रलाभ भएको छ । सन् २०२१ मा उनले मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा छोरी वामिकालाई पहिलो सन्तानअको रुपमा जन्म दिएकी थिइन्। भने, अहिले दोश्रो सन्तानको रुपमा उनलाई पुत्र लाभ भएको हो।

अनुष्काले फेब्रुअरी १५ मा छोरालाई जन्म दिएकी हुन् । यो दम्पतीले सामाजिक संजालमार्फत आफूहरुले दोस्रो सन्तानलाई स्वागत गरेको जनाएका छन् । दम्पतीले छोराको नाम अकाय राखेका छन् ।

कोहलीले इंग्ल्याण्डविरुद्ध जारी टेस्ट शृङ्खलाबाट ‘ब्रेक’ लिएका थिए । पाँच म्याचको शृङ्खलामा तीन खेल सम्पन्न भइसकेको छ, जसमा विराट सामेल थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *