अभिनेत्री दीपिका पादुकोण आमा बन्दै

९ फागुन २०८० ०:१९

बलिउड अभिनेत्री दीपिका पादुकोण आमा बन्ने भएकी छिन्। लामोसमय प्रेम सम्बन्धमा रहेकी दीपिकाले सन् २०१८ मा रणवीर सिंहसँग विवाह गरेकी थिइन् ।

लण्डनमा आयोजित ७७ औं बाफ्टा अवार्ड समारोहमा बलिउड अभिनेत्री दीपिका पादुकोणले पटक पटक साडीले पेट लुकाउने प्रयास गरिरहेकी थिइन् । त्यसपछि दीपिका गर्भवति भएको अनुमान गरिएको थियो। त्यसैबिच दीपिका पादुकोण र रणवीर सिंहको नजिकका एक स्रोतले अभिनेत्री गर्भवति रहेको खबरको पुष्टि गरेका छन् । सिंह दम्पत्ति निकट स्रोतले द वीक पत्रिकालाई दिएको अन्तर्वार्तामा उनीको गर्भधारण पुष्टि गरेका हुन् ।

दीपिका गर्भवती भएको ४ महिनाभन्दा बढी भइसकेको बताइएको छ । गर्भवती भएको ४ महिनापछि बल्ल यो खबर बाहिरिएको हो। बाफ्टा समारोहमा दीपिका प्रस्तोताको रुपमा सहभागी भएकी थिइन् । यो समारोहमा उनले डिजाइनर सब्यसाचीले डिजाइन गरेको झिलिमिली साडी लगाएकी थिइन् ।

उनले मिडियामा दिएको एक अन्तर्वार्तामा छिट्टै परिवार सुरु गर्ने इच्छा व्यक्त गरेकी थिइन् । कुराकानीका क्रममा उनलाई आमा बन्ने योजनाबारे सोधिएको थियो । यसबारे दीपिकाले भनेकी थिइन्, ‘पक्कै, रणवीर र म दुबैलाई बच्चाहरू निकै मन पर्छ । हामी दुबै त्यो दिनको पर्खाइमा छौँ, जुन पदन हामी आफ्नो परिवार शुरु गर्नेछौं ।’

दीपिका र रणवीरले गोलियों की रासलीलाः रामलीलाबाहेक पद्मावत, बाजीराव मस्तानी र ८३ मा सँगै काम गरिसकेका छन् । रणवीरको चलचित्र सर्कसमा दीपिकाले क्यामियो गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *