ट्रेलरमा हेर्नुहोस् बर्लिनमा इतिहास रचेको नेपाली चलचित्र ‘साम्बाला’
८ फागुन २०८० ४:४३
तिब्बती र नेपाली भाषामा निर्माण गरिएको चलचित्र ‘साम्बाला’को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा शीर्ष कलाकार थिन्ले ल्हामो र सोनम तोप्देन प्रस्तुत छन् भने यो चलचित्रले नेपाली हिमालय क्षेत्रमा सेट गरिएको कथा बोल्छ । चलचित्रको फेब्रुअरी २३ मा बर्लिनमा विश्व प्रिमियर हुनुअघि यो ट्रेलर सार्वजनिक भएको हो ।
मीनबहादुर भामको निर्देशन रहेको यो चलचित्रले एक पुरुष र उनका दुई साना भाइसँग बहुआयामी वैवाहिक सम्बन्धमा रहेकी एक महिला पेमालाई पछ्याउँछ । जब व्यापारका लागि गएका पुरुष फर्कंदैनन्, तब पेमाले आफ्नो गर्भमा रहेको बच्चालाई वैधता दिनको लागि उसलाई खोज्न थाल्छिन् । निर्देशक भामको यो दोश्रो निर्देशकीय चलचित्र हो। यसअगाडी उनले निर्देशन गरेको चलचित्र ‘कालोपोथी’ हो।
निर्देशक भामले यो चलचित्र सन् २०२४ भित्रै नेपालमा रिलिज गर्ने बताएका छन् । चलचित्रमा थिन्ले ल्हामो र सोनम तोप्देन, कर्मा लगायत अन्य नेपाली कलाकारहरुको पनि अभिनय रहेको छ ।
सुनी फिल्म्सले निर्माण गरेको यो चलचित्रले अन्तर्राष्ट्रिय वितरण अधिकार बेल्जियमको कम्पनी बेस्ट फ्रेन्ड फरेभरले लिएको छ । अभिनेत्री थिन्लेका लागि ‘नाका’पछि यो दोस्रो चलचित्र हो । सोनमका लागि पनि ‘सम्हालिन्छ कहिले मन’पछिको दोस्रो प्रोजेक्ट हो । यो चलचित्रले बर्लिन फिल्म फेस्टिभलको मुख्य विधामा छनोट भएर इतिहास रचेको थियो।