बाबु बन्दै बलिउडका चर्चित अभिनेता वरुण धवन

७ फागुन २०८० ५:०७

बलिउडका चर्चित अभिनेता वरुण धवन बुवा बन्ने भएका छन् । वरुणले आफ्नी पत्नी नताशा दलालसँगको एउटा तस्बिर सेयर गर्दै बाबु बन्न लागेको जानकारी दिएका हुन्। जसमा उनी आफ्नो बेबी बम्प फ्लान्ट गरेको देखिन्छ । जसमा उनी नताशा दलालको बेबी बम्पलाई चुम्बन गरिरहेको देखिन्छ । यो तस्बिर निकै मनमोहक देखिन्छ र यसको क्याप्सनमा लेखिएको छ, ‘हामी गर्भवती छौं र तपाईहरुको माया र प्रार्थना चाहिन्छ।’ यससँगै वरुणले मेरी परिवार मेरी स्ट्रेन्थ ह्यासट्याग पनि लेखेका छन् ।

अभिनेता वरुणले सेयर गरेको तस्बिरमा उनका फ्यान, सहकलाकार र अन्य धेरै बलिउड स्टारहरुले उनलाई बधाई दिइरहेका छन् । बरुण धवन र नताशा दलालले वर्षौंदेखि एक अर्कालाई चिनेका भए पनि २०२१ मा विवाह गरेका थिए।

त्यस्तै, जान्हवी कपुर र सानिया मिर्जाले वरुण धवनलाई बधाई दिएका छन् । जहाँ अर्जुन कपुरले डैडी मम्मी नम्बर १ लेखेका छन् । यिनीहरु बाहेक सोनम कपुर, भूमि पेडनेकर, अरमान मलिक, मलाइका अरोरा, अनिल कपुर लगायत धेरै स्टारहरुले बधाई दिदै हार्ट इमोजी बनाएका छन् । बरुण र नताशालाई चलचित्र स्टारका अलावा फ्यानहरुले पनि बधाई दिइरहेका छन् ।

वरुण धवनको ‘भेडिया २’ र ‘बेबी जोन’ जस्ता फिल्म पाइपलाइनमा छन् भने उनी फिल्म ‘स्त्री २’ मा पनि केमियो भूमिकामा रहने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *