नेपाली एनिमेटेड चलचित्र ‘सलिना : पार्ट वान’को टिजर

७ फागुन २०८० ४:४१

निर्देशक तेजशराज जोशीले निर्देशन गरेको चलचित्र ‘सलिना : पार्ट वान’को टिजर सार्वजनिक गरिएको छ। नेपाली भाषाको पहिलो एनिमेटेड फिचर यो चलचित्रको आइतबार युटयुब मार्फत टिजर सार्वजनिक गरेको गरेको हो।

सार्वजनिक दुई मिनेट लामो टिजरले यो चलचित्रको कथावस्तुका साथै सलिना नाम गरेकी योद्धा राजकुमारीले राक्षसकी रानीको आतंकलाई रोक्न लड्ने लडाइँको कथा बोल्छ। कथासँग एनिमेसन र भीएफएक्सको प्रयास प्रशंसनीय छ ।

काल्पनिक कथामा बनेको र स्वदेशी प्राविधिक तथा नेपाली भाषामा निर्माण गरिएको मुलुकको पहिलो एनिमेटेड फिचर बताइएको यो चलचित्रको सार्वजनिक टिजरमा ‘भ्वाइस अफ नेपाल’का होस्ट सुशील नेपालको पनि आवाज समावेश छ । टिजरको बीचमा ‘नमस्ते म तपाईंको आफ्नै सुशील नेपाल’ भन्ने आवाज सँगै सुशिलको अनुहार देखाइएको छ।

चलचित्रको भ्वाइस एक्टरहरुमा बेनिशा खतिवडा, अदिती ज्ञवाली, एज्मे कुइँकेल, झरना राई, तेजशराज जोशी, सुशील नेपाल, देव न्यौपाने, शिव पुरी, युविन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगीन महर्जन, अविनाश सिंह थारु, शिरभा मानन्धर, विराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकार छन् ।

रेनमेकर एनिमेसन एकेडेमीले निर्माण गरेको यो चलचित्रमा पार्श्वध्वनि बाहेक अन्य कुनै भौतिक पात्रको प्रयोग गरिएको छैन् । निर्देशक जोशी र श्रुति श्रेष्ठको सयुक्त निर्माण गरेको यो चलचित्रलाई शिव पुरी र श्रुति श्रेष्ठले सम्पादन गरेका हुन् । ग्राफिक्स डिजाइनर कलाकार सगीन महर्जन, अविनाशसिंह थारु र शिरभा मानन्धर हुन् । सूचना प्रविधि र नेटवर्किङको प्राविधिक कार्य अचिनसुन्दर प्रधानले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *