हेटौँडामा चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला

६ फागुन २०८० ६:१८

चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेलाको हेटौँडामा आयोजना गरिएको छ। संघ स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले हेटौँडामा फागुन ५ देखि ८ गतेसम्म राष्ट्रिय भेला आयोजना गरेको हो। राष्ट्रिय भेलामा चलचित्र र पर्यटनका विभिन्न विषयका ११ सेसनमा संवाद हुने छ ।

हेटौँडाको पल्पसा प्याराडाइज होममा आयोजना गरेको भेलामा चलचित्र पर्यटनसँग सम्बन्धित विभिन्न क्षेत्रका ११ वटा सेसन सञ्चालन गरेको संघका अध्यक्ष समीर बलामीले बताए । चलचित्र पर्यटनको आधारलाई अघि सार्दै संघले राष्ट्रिय भेलामा चलचित्र संवाद, अन्तरक्रिया, कार्यशाला, गोष्ठी, कार्यपत्र प्रस्तुतलगायतका विभिन्न कार्यक्रमहरु गरिने छ ।

कार्यक्रममा नेपाली चलचित्र उद्योगको कार्यपत्र र चलचित्र पत्रकारिता क्षेत्रको कार्यपत्र प्रस्तुत हुने चलचित्र पत्रकार संघ मकवानपुर शाखा अध्यक्ष कपिल खड्काले बताए । फागुन ६ गते भेलाको औपचारिक उद्घाटनपछि बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको चलचित्र ऐन मस्यौदा माथि छलफल गरिनेछ । प्रेस काउन्सिल नेपालले सोही कार्यक्रममा विट पत्रकारिता र हेटौँडाका पत्रकारका लागि पत्रकार आचरसंहितामाथि छलफल गरिने अध्यक्ष खड्काले बताए । त्यस्तै, फागुन ७ गते चलचित्र पर्यटन, चलचित्र बजार, मिडिया प्रमोशन र कर्पोरेट लगानी, चलचित्र सेन्सर, नेपाली चलचित्रको अबको बाटो, केन्द्रीय चलचित्र ऐन र सेन्सर कार्यविधि बिषयहरुमा संवाद र अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ ।

भेला कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सेन्सर बोर्डका अध्यक्ष तथा सहसचिव नेत्र प्रसाद सुवेदी, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल टेलिभिजनका महाप्रवन्धक फूलमान वल, बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा, पर्यटन बोर्डका प्रबन्धक सुर्य थपालिया, सञ्चार मन्त्रालयका प्रतिनिधि, पर्यटन मन्त्रालयका प्रतिनिधिलगायत वक्ताहरुको उपस्थिति छ ।

यस्तै दयाराम दाहाल, नरेन्द्र महर्जन, जनक तामाङ, स्वस्तिमा खड्का, केकी अधिकारी, दिनेश डिसी, आकाश अधिकारी, निश्चल बस्नेत, अशोक प्यासी राई, मनोज पण्डित, सन्जोग बस्याल, अरुण बराल, चिरन्जिबी पौडेल, मोहन निरौला, राजु केसी, नवल खड्का, रवि अधिकारी, के एल पीडित, विदुर गिरी, शान्तिप्रिय, ध्रुव लम्साल, प्रकाश सायमी, डब्बु क्षेत्रीलगायत चलचित्रकर्मी तथा पत्रकारहरुको उपस्थिति छन् ।

चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला भेलामा देशभरबाट २५० जना पत्रकारहरु र ५० बढी कलाकार अतिथिको रुपमा उपस्थित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *