सकियो ‘लण्डन टू पेरिस’को छायांकन

४ फागुन २०८० १५:०७

ट्राभल लभ स्टोरी जनरामा निर्माण गरिएको चलचित्र ‘लण्डन टू पेरिस’को छायांकन सकिएको छ। प्राविधिक कारणबस छायांकन नसकिँदा चलचित्र नै रिलिज नहुने चर्चा भइरहेको बेला बाँकी छायांकन पूर्ण रुपमा सकिएको भन्दै निर्देशक घनश्याम लामिछानेले खुशी व्यक्त गरेको हो ।

चलचित्रको पहिलो सेड्यूलको छायांकन बेलायतमा गरिएको थियो । यसपछि, बाँकी रहेको २० प्रतिशत छायांकन मुम्बईमा गरिएको निर्माणपक्षले जनाएको छ। चलचित्रको एउटा गीतको आधा भाग र केही दृश्यको छायांकन सकिएसँगै अबभने चलचित्रको पूर्ण रुपमा सम्पूर्ण छायांकन सकिएको हो।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यू नायक निश्चल खड्काको मुख्य भूमिका रहेको यो चलचित्रमा मोडल गरिमा शर्मा र नायक कविर खड्का पनि मुख्य भूमिकामा छन् ।

चलचित्रको सम्पादनको सम्पूर्ण काम सकिएपछि प्रदर्शन मिति तय गरिने निर्माणपक्षले बताएको छ । निर्देशक लामिछानेले एक बर्षपछि सम्पूर्ण छायांकन ढिलै गरी राम्रै भएकाले खुशी रहेको बताए । बेलायत र मुम्बईमा खिचिएको यो चलचित्रमा प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *