रेन्बो स्माईल मन्टेस्वरीको तेस्रो वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम आज भव्यताका साथ सम्पन्न भएको छ । अर्जुनधारा–५ स्थित बैसाबारीमा रहेको मन्टेस्वरीको आफ्नै प्राङ्गणमा आयोजित कार्यक्रमकाबिच तेस्रो वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न भएको हो।
वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम मन्टेस्वरी एसोसिएसन झापाका अध्यक्ष अनुप रोयको प्रमुख अतिथ्य र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बिद्यालयमा अध्यनरत बालबालिकाहरुले विभिन्न सांस्कृतिक तथा सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा बिद्यार्थीहरुले नृत्य, गायन, स्पीज लगायतका प्रस्तुत थियो।

मन्टेस्वरीमा अध्ययन गरिरहेका बालबालिकाको प्रतिभालाई उजागर गराउन बाल अवस्थादेखिनै क्षमता अभिवृद्धी गराउने उदेश्यले बालबालिकाहरुमा भएको प्रतिभालाई वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसर पारेर अभिभावक समक्ष प्रस्तुत गराईएको बिद्यालयका संचालक भाष्कर भट्टराईले जानकारी दिए ।

त्यस्तै, मन्टेस्वरीले दुई अभिभावक रामप्रसाद पराजुली र चन्द्र मैनालीलाई सम्मान कार्यक्रम गरिएको थियो। २०७७ सालमा स्थापना भई संचालनमा आएको मन्टेस्वरीमा हाल ७० भन्दाबढी बालबालिका अध्यनरत रहेको उक्त मन्टेस्वरीकी प्रिन्सिपल पुष्पा कोईरालाले जनाइन्।

कार्यक्रममा प्रमुख अतिथि मन्टेस्वरी एसोसिएसन झापाका अध्यक्ष अनुप रोय, प्याब्सन अर्जुनधाराका अध्यक्ष रुद्ध्र सिटौला, पूर्व वडाअध्यक्ष ध्यानबहादुर भारती, समाजसेवी जिवन थापा र अभिभावकको तर्फबाट चन्द्र मैनालीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्याब्सन अर्जुनधाराका सचिव राजेश आचार्य, अर्जुनधारा–५का वडासदस्य लक्ष्मी खनाल, बिरता जेसीजका पूर्वअध्यक्ष बिशाल थापा लगायतको आतिथ्यता रहेको थियो ।