नवीन चौहानको निर्देशन रहने चलचित्र ‘उनको स्विटर’को शिर्ष गीत रिलिज गरिएको छ। यस अगाडी फस्टलुक रिलिज गरेको चलचित्रको निर्माणपक्षले अहिले सुमधुर गीत रिलिज गरेको हो । चलचित्रको फस्टलुक रिलिज गर्दा नै गीतको सानो अंश सार्वजनिक गरिएको थियो ।
प्रेम दिवसको अवसर पारेर ‘फूल’ शीर्षकमा आर्टमान्डुले गीतको पूरा अंश सार्वजनिक गरेको हो । सार्वजनिक ‘फूल’ गीतमा गायक सुजन चापागाँइको स्वर तथा संगीत र हर्क साउदको शब्द छ । गीतको भिडियोलाई मोसन ग्राफिक्समा प्रस्तुत गरिएको छ । भिडियोमा विपिन र मिरुनाको फरक गेटअप देखाइएको छ । तन्नेरी अवतारमा देखिएका विपिन र मिरुनाले लेकको गोठमा माया साटेको भिडियोमा देखाइएको छ ।
निर्देशक नवीनकै लेखन रहेको चलचित्रमा चिन्तनराज भण्डारीको छायांकन, कृष्ण भण्डारीको सम्पादन र ट्राइटेण्ड कन्सेप्टका रोयल भीमसेनको पब्लिसिटी डिजाइन रहनेछ ।
चलचित्रमा माओत्से गुरुङ, सुरज तमु, एलेक्स पारस, परीक्षा लिम्बु, मिलन खत्री, अनिल सुब्बा, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, नरेश लावती लगायतका कलाकारको अभिनय रहनेछ ।