कालिम्पोङमा ‘दान्भी’को छायांकन – जम्ला त पूजा र कुन्साङको जोडी ?

३ फागुन २०८० ६:३९

एक्सनले भरिएको टिजर सार्वजनिक गरेसँगै चर्चामा रहेको चलचित्र ‘दान्भी’को अहिले धमाधम छायांकन भैरहेको छ। नायिका पूजा शर्मा र नायक कुन्साङ बोमजोमको मुख्य भूमिका रहेको यो चलचित्रको अहिले भारतको कालिम्पोङ छायांकन भैरहेको हो। चलचित्रको पहिलो हाफको दृश्यको छायांकन कालिम्पोङमा भइरहेको निर्माणपक्षले जानकारी दिएको छ ।

चलचित्र छायांकनमा यो चलचित्रको मुख्य कलाकारहरू पूजा शर्मा, कुन्साङ बोमजोमले अभिनय गरिरहेका छन् । एक सातादेखि कालिम्पोङमा रहेकी नायिका शर्माले भनिन्–‘हामीले चलचित्रको मुख्य अंशको छायांकन गरिरहेका छौं । अझै, एक साता छायांकन सेड्यूल छ ।’हामी भारतको सम्पूर्ण काम सकाएर मात्र नेपाल फर्किन्छौ।’-उनले थपिन्।,

श्री श्रेष्ठको एक्सन निर्देशन रहेको यो चलचित्रमा हरि बहादुर घलेको छायांकन, रविना थापा मगरको कथा, संजोग कुँवर रानाको पटकथा तथा संवाद, अर्जुन पोखरेल, नरेश जोशी र केदार राज नेपालको संगीत, बन्दे प्रसादको सम्पादन, कविराज गहतराज र बाहुल बराइलीको कोरियोग्राफी छ ।

चलचित्रमा देव मगर र अनुप गडालको लगानी छ । चलचित्रका कार्यकारी निर्माता पवन राना मगर हुन् । चलचित्रमा कमला मल्ल, पन्चबहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ र जीवन तामाङ सह–निर्माताको रुपमा छन् । चलचित्रका मुख्य सहाय निर्देशक नवराज शर्मा हुन् ।

चलचित्रमा नायिका पूजा र कुन्साङको साथमा ‘पर्खी बसेँ तिमीलाई’ चलचित्रका मुख्य नायक किरण श्रेष्ठको पनि अभिनय छ । चलचित्रको प्रदर्शन मिति अब केही समयपछि सार्वजनिक गर्ने यसका निर्माणपक्षले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *