बौद्ध भिक्षुहरूबाट ‘कार्साङ’को स्क्रिप्ट पूजा

३ फागुन २०८० ६:१६

यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्र ‘कार्साङ’को स्क्रिप्ट पूजा गरिएको छ । सरस्वती पूजाको अवसर पारेर यो चलचित्रको छायांकन मिति नजिकिएसँगै बौद्ध भिक्षुहरूबाट पूजा गराइएको हो । साथै, स्क्रिप्ट पूजा कार्यक्रममा चलचित्रका कलाकारहरूका साथै निर्माण पक्ष र प्राविधिक टिम उपस्थिति थियो ।

यम शेर्पाको निर्देशनमा बन्न लागेको यो चलचित्र शेर्पाको पहिलो डेव्यु निर्देशन हो। चलचित्रमा उनी स्वयंको कथा, पटकथा तथा संवाद छ । यसअघि शेर्पाले थुप्रै छोटा चलचित्रको निर्देशन गरिसकेका छन् ।

गोविन्द बोहोरा निर्माता रहेको यो चलचित्र शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुने बताइएको छ । पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायाकंन गरिने निमार्णपक्षले बताएको छ । चलचित्रको प्रोडक्शन म्यानेजरमा दिलीप पन्त रहेका छन् ।

चलचित्रको ‘कार्साङ’को ओभरसिज राइट्स छायाकंन अगावै बिक्री पनि भइसकेको छ । यो चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्ने भएको छ । चलचित्रको देशभर वितरणको जिम्मेवारी आरआर फिल्मसले लिएको छ ।

चलचित्रको मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ, शिल्पा मास्क, सुरक्षा पन्त रहेका छन् । यसै चलचित्र मार्फत नव–नायिकाको रूपमा सृजना निङ्लेकुले डेब्यु गर्ने भएकी छन् । चलचित्रमा दिया मास्के, माओत्से गुरुङ, पुष्कर गुरुङ र छिरिङ शेर्पा सम्राट क्षेत्री छुकी शेर्पा र कर्मा शेर्पाको पनि अभिनय रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *