बेपत्ता साउथ इन्डियन मुभीको निर्देशक वेत्री दुराईसामीको निधन

३ फागुन २०८० ५:१९

विगत ९ दिनदेखि हराइरहेका दक्षिण फिल्म उद्योगका चर्चित निर्देशक वेत्री दुराईसामी शव फेला परेको छ। हराएको लामो समयसम्म पनि नभेटिएको उनको खोजी अभियान चलिरहेको बेला शव फेला परेको हो ।

निर्देशक वेत्री दुराईसामी परिवारले उनको खोजी गरेर पत्ता लगाउनेलाई १ करोड भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा समेत गरेको थियो । तर हिमाचलको किन्नूर जिल्लामा वेत्रीको शव भेटिएको थियो।

वेत्री दुरैसामी आफ्ना साथी गोपीनाथको अर्को फिल्मको लोकेशन हेर्न शिमला गएका थिए । अचानक वेत्रीको कार चलाउँदै आएका चालक तेन्जिनलाई हृदयघात भयो र उनले नियन्त्रण गुमाए र कार पल्टियो ।

अभिनेता कमल हासनले पनि निर्देशकको अनुपस्थितिमा शोक व्यक्त गर्दै एक पोस्ट सेयर गरेका छन्। उनले लेखेका छन, ‘चेन्नईका पूर्व मेयर र साथी साइथाई दुरैसामीका छोरा वेत्री दुराइसामीको मृत्युको खबरले गहिरो दुःखी छु। यो दुः ख शब्दमा व्यक्त गर्न सकिदैन।
सानै उमेरमा इज्जतका साथ काम गरिरहेका एक युवकको यस्तो दुर्घटनामा मृत्यु भएको छ । छोरा गुमाउनु परेका बुबालाई म सान्त्वना दिन्छु, भगवानले उहाँलाई यो दुख सहने शक्ति प्रदान गरून्।’

वात्रीको डेब्यु फिल्म ‘अन्द्रवथु ओरु नाल’ मा मुख्य भूमिका निभाएका विदार्थले बेपत्ता भएपछि एक पोस्ट सेयर गरेका थिए । यो पोष्टमा वत्रीको बारेमा धेरै कुरा बताउदै उनले आफू अवश्य जिउँदै फर्किनेमा विश्वस्त रहेको लेखेका थिए ।

‘जीवनमा धेरै विश्वास गर्ने व्यक्ति। कसैलाई हानि नगर्ने व्यक्ति। जो प्राणी र प्रकृतिसँग जोडिएको छ, उसले तिनीहरूको हेरचाह गर्छ। उहाँसँग कसरी केही गलत हुन सक्छ?’ अभिनेताले लेखेका थिए, ‘वत्री र उनका बुबाले धेरै मानिसहरूको भलाइ गरेका छन्, उनीहरूको प्रार्थना बेकार हुनेछैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *