डाँगीको अध्यक्षताामा शैक्षिक तथा खेलकूद सामाग्री वितरण

३ फागुन २०८० ४:४९

बिगत लामो समय देखि सामाजिक गतिबिधी गर्दै आएको पशुपति युवा समुह झापा अर्जुनधारा नगरपालिका–६ ले शैक्षिक तथा खेलकूद सामाग्री वितरण गरेको छ । सरस्वती पूजाको अवसर पारेर उक्त समुहले अर्जुनधारा ६ मा रहेको बालकल्याण आधारभूत बिद्यालयका बिद्यार्थीलाई शैक्षिक र खेलकूद सामाग्री वितरण गरेको समुहका अध्यक्ष घनेन्द्र डाँगीले जानकारी दिए ।

बालकल्याण आधारभूत बिद्यालयका बिद्यार्थीलाई थप हौसला प्रदान गर्दै पेन्सिल, कापी र खेलकूद सामाग्री वितरण गरिएको हो ।

समुहका अध्यक्ष डाँगीको अध्यक्षताामा बुधवार भएको कार्यक्रममा सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत समुहका उपाध्यक्ष बविन न्यौपानेले गरेको कार्यक्रमको सञ्चालन सचिव बरुणकुमार माझीले गरेका थिए ।

कार्यक्रममा बिद्याालय ब्यवस्थापन समितिका अध्यक्ष दिवाकर चौधरी, बिद्यालयका प्रधानाध्यापक डम्बर यादवको बिशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा समुहका पदाधिकारी तथा सदस्य बिद्यालयका शिक्षक तथा शिक्षिका, अभिभावकलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *