वैशाखको १४ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘बोक्सीको घर’को फस्टलुक सार्वजनिक गरिएको छ। सरस्वती पूजाको अवसर पारेर सार्वजनिक गरिएको पोस्टरमा कपाल फिँजाएर रातो साडी लगाएकी एक महिलालाई ठूलो पिपलको रुखतर्फ फर्किएको देख्न सकिन्छ । भने, पात्रको अनुहार देखाइएको छैन ।
सुलक्षण भारतीको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रलाई केकी अधिकारी फिल्मस्ले निर्माण गरेको हो । राज घिमिरे कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता बद्री अधिकारी हुन् ।
शिवराम श्रेष्ठको छायांकन रहेको यो चलचित्रमा लोकेश बज्राचार्यको सम्पादन छ । चलचित्रलाई नेपालसँगै विदेशमा पनि एकसाथ रिलिज गरिनेछ । साथमा विभिन्न महोत्सवमा समेत चलचित्र लैजाने तयारी गरिएको छ ।
चलचित्रमा केकीको साथमा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतका कलाकारको अभिनय छ ।