‘मेयर’को शुभसाइत, पर्दामा देखिदै खगेन्द्र र वर्षाको जोडी

२ फागुन २०८० ७:३७

सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाको जीवन संघर्षमा आधारीत रहेर निर्माण गरिने चलचित्र ‘मेयर’को शुभमुहर्त गरिएको छ। केही राम्रो काम गरेर छाड्छु भन्ने संकल्प बोकेको एक मान्छेले कठिन परिस्थिति र अवरोधका बीच कसरी समाजलाई राम्रो बाटोमा डोर्याउन सक्छ भन्ने कथालाई चलचित्रले प्रस्तुत गर्नेछ।

चलचित्रको निर्देशक तथा कार्यकारी निर्माता दीपेन्द्र के खनाल हुन्। यो चलचित्रमा शर्मिला पाण्डे र श्रृष्टिमाँ खनालको लगानी रहनेछ। चलचित्रमा कृष्ण बहादुर थापाको छायांकन, जयन जे वाइवा र कल्याण सिंहको संगीत र महेश दवाडीको पटकथा रहनेछ ।

चलचित्रमा अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रविन्द्र झा, रमेश वुढाथोकी, अर्विशा थापा, संजोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बीसी लगायतको पनि मुख्य भूमिका रहनेछ । चलचित्रको छायांकन काठमाडौं र सर्लाहीमा हुनेछ । फागुनको १२ गतेबाट चलचित्रको छायांकन सुरु गरिने निर्माणपक्षले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *