एलिना र खेमको ‘कट्टा हान्दिन्छु’ गीतलाई उजुरी

२ फागुन २०८० ६:११

गायिका एलिना चौहान र गायक खेम सेन्चुरीको स्वर समावेश ‘कट्टा हान्दिन्छु’ गीत विवाद प्रतिलिपि रजिष्टार कार्यालय पुगेको छ। करिब तीन साताअघि सार्वजनिक भएको यो गीतलाई गायक विश्वराम कार्कीले गीत विवाद प्रतिलिपि रजिष्टार कार्यालय पुगेर उजुरी गरेका छन् । उनले आफ्नो पुरानो गीतबाट चोरी भएको दाबी गर्दै उजुरी दर्ता गराएको हो ।

प्राप्त निवेदनमा यस्तो उल्लेख गरिएको छ।,- म विश्वराज कार्कीले २०७८।०१।१५ मा रेकर्ड भएको गीत मेगेन्द्र सुवेदीसँग लिएँ । सुवास कार्कीको शब्द संयोजनमा म गायक विश्वराम कार्कीको लगानीमा सबै काम सकिएको थियो’, उजुरीमा अगाडि भनिएको छ ‘उक्त गीत हुबहु कपि गरेर भिडियो सहित सार्वजनिक गरिएको छ ।’

आफ्नो गीत हुबहु नक्कल गरेर नेत्र अर्यालको शब्दमा ओबी रायमाझीको युट्युब च्यानलमा गीत रिलिज गरिएको निवेदनमा उल्लेख छ । साथै, गायक कार्कीले आफ्नो गीत कपी गर्नेलाई प्रचलित कानुन अनुसार कारबाहीको गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *