पल शाहका कारण मैले जुत्ता खाएको हुँ : दुर्गेश थापा

१ फागुन २०८० ६:२९

स्याङजाको वालिङमा आयोजना महोत्सवमा जुत्ता प्रहार भएपछि गायक तथा मोडल दुर्गेश थापा अहिले निकै आक्रोशित भएका छन्। एक मिडियाकर्मी सँगको कुराकानीमा उनले भने–‘पलले भेटौँ भन्दा भेट्दैनन् । पलकै कारण मैले जुत्ता खाएको हुँ, भन्दै नायक पल शाहप्रति थापाले आक्रोश व्यक्त गरे ।

उनले, आफूसँग पल भागेर हिँडेको पनि आरोप लगाएका छन् । उनले भने–‘जेलबाट निस्केपछि मैले उनीसँग भेट्न धेरै कोशिश गरेँ । तर, मसँग उनी भागेर हिँडिरहेका छन् । उनी जेलमा रहँदा पनि मैले धेरै सहयोग गरेको थिएँ । तर, जेलबाट बाहिर निस्किएपछि उनले मलाई लगाएको आरोपबारे सार्वजनिक रुपमा स्पष्टीकरण दिनुपर्ने होइन ? उनी, मलाई भेट्न पनि चाहँदैनन् ।’ दुर्गेशले भने–‘स्टेज कार्यक्रममा जाँदा पनि मेरो सेड्यूल छ कि छैन हेरेर मात्र पल जाने गरेका छन् । आयोजकलाई दुर्गेश र आफ्नो प्रस्तुति केही दिनको फरकमा मात्र राखिदिन भन्ने गरेका रहेछन् ।’

थापा थप्छन्न,- पलको घटनामा आफ्नो कुनै पनि दोष नरहेको भन्दै यो विषयमा पलले सार्वजनिक रुपमा स्पष्ट पार्नुपर्ने बताए। पललाई आफूले भाइको जस्तो व्यवहार गरेको भन्दै गायक थापाले भने–‘मैले लगाएको सबै गुण उनले बिर्सिए । मसँग त प्रमाण कति छन् कति । समय आएपछि बोल्छु ।

नायक पलले प्रहरीसँग आत्मसमर्पण गर्नु अगाडि चार जनाको नाम लिँदै आफूलाई उनीहरूले फसाएको आरोप लगाएका थिए । जसमा दुर्गेश थापाको पनि नाम थियो । यसपछि, दुर्गेशले सामाजिक संजालमा तथानाम गाली खाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *