कविता र कपिल फिचर्ड ‘तिमी भित्र’ सार्वजनिक

१ फागुन २०८० ४:३९

मोडलद्वाय कविता नेपाली र कपिल रसाइली फिचर्ड नयाँ गीतको भिडियो ‘तिमी भित्र’ सार्वजनिक भएको छ। गायिका प्रविशा अधिकारी र गायक विशाल निरौलाको स्वर समावेश यो गीतको भिडियोमा कविता र कपिलको केमेस्ट्री सुहाएको छ। भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ।

गीतको शब्द र संगीत ज्ञानेन्द्र गिरीको हो भने मिक्सिङ अनि मास्टरिङ रञ्जन राईले गरेका छन् । सौरभ लामाको छायाँकन रहेको भिडियोलाई मित्र देव गुरुङले सम्पादन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *