‘तेल भिसा’को अमेरिकामा अडिसन आह्वान

१ फागुन २०८० ४:२५

शंकर घिमिरेको निर्देशनमा चैतको दोस्रो हप्ता ((April 1) )देखि अमेरिकाको मेरिल्याण्ड राज्यबाट छायांकनमा जाने चलचित्र तेल ‘भिसा’को अडिसन आह्वान गरिएको छ । यस चलचित्रका लागि मुख्य कलाकारको लाइन अप सकिएता पनि अमेरिका तर्फको सिनका लागि विविध भूमिकामा अडिसन आह्वान गरिएको हो ।

अडिसनमा सहभागिता जनाउनका लागि अमेरिकामै बसोबास गरिरहेका व्यक्ति हुनु पर्नेछ जसले कलाकारितासँगै अमेरिकाको रहन सहन, भाषा र भेषभूषाको समेत राम्रो ज्ञान हासिल गरेको हुनु पर्ने छ । अडिसनमा सहभागिता जनाउन इच्छुक ब्यक्तिले चलचित्र निर्माण कम्पनी वेल डन कृएशनको आधिकारिक इमेल ठेगाना [email protected] मा आफ्नो केही प्रती फोटो सहित बायोडाटा पठाउनु पर्ने हुन्छ नेपाली चलचित्रको अन्र्तराष्ट्रिय वितरणमा लोकप्रियता कमाएको सेभेन सिज ईन्टरटेन्मेन्टसँग शंकर घिमिरेको वेल डन कृएशनले साँझेदारी गर्दै निर्माण गर्न लागेको तेल भिसाको ७० प्रतिशत छायाँकन अमेरिकाको मेरिल्याण्ड, भर्जिनिया, न्यूयोर्क, वासिङटन डिसी सहित विभिन्न लोकेशनमा हुनेछ भने बाँकी ३० प्रतिशत नेपालमा हुने छ ।


यो अडिसनमा विभिन्न उमेर समूहका अमेरिकन सहित अफ्रिकन पाकिस्तानी, मेक्सिकन, कोरियन, साउथ एसियन सहित फरक फरक वणर् देखिने नेपाली सहित बिदेशी मूलका महिला पूरुष दुबैले अडिसनमा सहभागिता जनाउन सक्ने छन । चलचित्रमा बिपिन कार्की, गौरी मल्ल, ऋचा घिमिरे, बर्षा राउत, बुद्धि तामाङ्ग लगायतका कलाकारहरु अनुबन्धित भैसकेका छन् ।

यस चलचित्र निर्माणका लागि नेपाल अमेरिका फिल्म सोसाइटी सहित विभिन्न नेपाली संघसंस्थाले सहजीकरण गर्दैछन भने विभिन्न लोकेशन पर्मिटका लागि मेरिल्याण्ड स्टेटका डेलिगेट ह्यारी भण्डारी लगायतको टिमले अमेरिकी सराकारको तर्फबाट तेल भिसाको छायाँकनमा सहयोग गर्दैछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *