फरक भूमिका गर्ने उपासनाको चाहना

२९ माघ २०८० ९:०१

चलचित्र ‘क्याप्टेन’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका उपासना सिंह ठकुरीले अब आफूलाई केही फरक भूमिका गर्नुपर्छ भन्ने लागेको बताएकी छिन् । चलचित्र ‘हात्तीछाप’को प्रचारमा रहेकी उपासनाले मिडिया कुराकानीमा भनिन्–‘मलाई पनि अब केही फरक भूमिकामा काम गर्नुपर्छ भन्ने लाग्न थालेको छ । उनले भनिन्।,

उपासनाले आफूले फरक भूमिका गर्न चाहे पनि स्क्रिप्ट भने उस्तै खालको आउने गरेको बताइन् । उनले भनिन्–‘यस्तै भूमिका नै गर्छु भन्ने त दिमागमा आएको छैन । तर, स्क्रिप्ट अफर आएपछि त्यसलाई नै विकास गर्न पनि सकिन्छ नी ।’

हाल प्रदर्शनरत चलचित्र ‘हात्तीछाप’सम्म आइपुग्दा उनले आफ्नो भूमिकामा फरकपन ल्याउन सकेकी छैनन् । उनले हालसम्म अभिनय गरेको चलचित्र ‘क्याप्टेन, २ नम्बरी, कबड्डी ३, हात्तीछाप’ लगायतमा उनको भूमिका उस्तै छ । उनी सधैं नै गाउँले युवतीको भूमिकामा नै चलचित्रमा देखिने गरेकी छिन् ।

यसैले, अब आउने दिनमा उनले पनि केही नयाँ र फरक भूमिका गर्न आवश्यक देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *