करिब आज भन्दा डेड दसक अगाडि निर्माण भएको चलचित्र ‘अन्दाज’मा समावेश गीत ‘सिम्पल सिम्पल कान्छी’को दोस्रो सिक्वेल सार्वजनिक भएको छ। आजको दिनमा पनि उत्तिकै चर्चामा रहेको ‘सिम्पल सिम्पल कान्छी’को दोस्रो सिक्वेल ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पुरेछ’ सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतको भिडियोमा किरण केसी ‘रातामकै’, दीपाश्री निरौला, बाल कलाकारहरु रियान खड्का र प्रनिता रोकाया फिचर्ड छन् । सार्वजनिक उक्त गीतको भिडियोमा जवानी बेलामा छुटेको मायालाई अचानक बाटोमा हिड्दै गर्दा भेट भएको रमाइलो क्षण देखाउन खोजिएको छ। गीतमा नित्या शिवा र राजन श्रेष्ठको स्वर छ ।
माइकल चन्द निर्देशित भिडियोमा सौरभ लामाको छायाङ्कन, सियोब श्रेष्ठको नृत्य, सलिन लम्सालको सम्पादन, नन्दा अधिकारीको श्रृङ्गार र सरस्वती श्रेष्ठको केश विन्यास रहेको छ । शङ्कर अधिकारी ‘घायल’को शब्द रहेको गीतमा बाबुल गिरीको संगीत एवम् एरेन्ज छ ।