वालिङ महोत्सवमा दुर्गेश थापामाथि जुत्ता प्रहार

२९ माघ २०८० ५:२२

गायक तथा मोडल दुर्गेश थापामाथि स्याङ्जामा आयोजित वालिङ महोत्सवमा शनिबार जुत्ता प्रहार भएको छ। शनिबार राति महोत्सवमा प्रस्तुति दिइरहेको बेला एक युवकले गायक थापालाई जुत्ता प्रहार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पवलसिंह लामाले जानकारी दिए ।

प्रहरी प्रवक्ता लामाका अनुसार ति युवकलाई जुत्ता प्रहारपछी नियन्त्रणमा लिएको थियो। आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएका युवक र गायक थापालाई राखेर छलफल गरेको छ । ती युवकले आफुले जुत्ताले हान्ने नियत नभएको र रमाइलो गर्ने क्रममा जुत्ता फुस्किएर मन्चतिर गएको बयान दिएका थिए।

ति युवकको उक्त बयानपछि गायक थापाले पनि आफुलाई जुत्ताले नलागेको भनेपछि प्रहरीले दुवै जनाबीच मिलापत्र गराएको थियो । मिलापत्रपछि विवाद साम्य भएको प्रहरी प्रवक्ता लामाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *