‘रङ्गेली’को ‘दुल्हा दुल्हन’मा बिजयको रमाइलो

२९ माघ २०८० ४:५६

अर्जुन सुवेदीको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘रङ्गेली’को नयाँ गीत ‘दुल्हा दुल्हन’ सार्वजनिक गरिएको छ । विवाह गीतको रुपमा तयार पारिएको यो गीतको भिडियोमा नायक दयाहाङ राई र नायिका मिरुना मगरको विवाह समारोहको दृश्य देखाइएको छ । दया र मिरुनाको वैवाहिक समारोहमा अर्का कलाकार विजय बरालको रमाएको दृश्य भिडियोमा प्रस्तुत गरिएको छ ।


फागुनको २५ गतेबाट रिलिजमा आउन लागेको गीतमा निशान भट्टराईको स्वर, सविन एकतारेको शब्द, सुशान्त गौतमको संगीत छ ।

यो चलचित्रको कार्यकारी निर्माता जितेन्द्र खतिवडा र अनुजजंग थापा हुन् । चलचित्रमा संसार चौलागाईं र रमेश भट्टराईको लगानी छ भने यसका सह–निर्माता शिव शंकर र युवक कार्की हुन् । सुशन प्रजापतिको छायांकन रहेको यो चलचित्रलाई ग्याङस्टारको कथामा तयार पारिएको छ । चलचित्रमा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत छ ।

चलचित्रमा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा, रमेश वुढाथोकी लगायतको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *