अनमोल र जसिताको रोमान्सले भरिएको ‘फर्की फर्की’

२८ माघ २०८० ९:११

नायक अनमोल केसी र नायिका जसिता गुरुङको रोमान्सका थुप्रै दृश्यहरु समावेश भएको चलचित्र ‘फर्की फर्की’को काठमाडौं र पोखराको छायांकन सकिएको छ ।

महँगो बजेटमा तयार भइरहेको यस चलचित्रका निर्माता रोहित अधिकारीका अनुसार अब गीत खिच्नका लागि इन्डोनेसियाको बाली र खप्तड जाने तयारी गरिएको हो ।

चलचित्रमा अनमोल केसी र जसिता गुरुङका अलावा नव–कलाकारद्धय रवि काफ्ले र सम्बृद्धि अर्यालले पनि उत्कृष्ट काम गरेको निर्माता अधिकारी बताउँछन्। सुयोग गुरुङको कथा तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई जेठको १० गते बुद्ध जयन्तीका दिनदेखि रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ ।

मनोज ओली र राम न्यौपाने सह–निर्माताको रुपमा रहेको यो चलचित्रको लागि रोहित र उनको टिमले महँगो रकम खर्च गरिसकेको छ । चलचित्रलाई उत्कृष्ट र फरक बनाउन कुनै पनि कसर बाँकी नराखिएको निर्माणपक्षले बताएको छ ।चलचित्रका छायांकार नरेन्द्र मैनाली हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *