पाँचथरमा ‘मनसरा’को ‘इन्डक्ल्याप’

२८ माघ २०८० ८:३५

पुष २१ गतेदेखि छायांकन थालिएको सोसल-ड्रामा चलचित्र ‘मनसरा’को छायांकन सकिएको छ। निर्देशक उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्रको छायांकन ललितपुर, काठमाडौं र पाँचथरमा भएको थियो । पाँचथरमा दयाहाङ राई र मिरुना मगरको केही दृश्य खिच्दै चलचित्रको ‘इन्डक्ल्याप’ गरिएको हो ।

नयाँ वर्ष २०८१ सालको वैशाख २१ गते प्रदर्शन गरिने चलचित्रमा निर्देशक सुब्बाकै लेखन छ। विष्णुकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बू थाक्लुङ सहनिर्माता हुन् । चलचित्रमा निर्माता छायाकार समेत रहेका शैलेन्द्रध्वज कार्की हुन् ।

कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रङ संयोजन, श्रवणराज पाण्डेको साउण्ड डिजाइन छ । मानाहाङ लावती, मनिक शंकर र सुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन रहनेछ । सिजन दाहाल कार्यकारी निर्माता रहेको यस चलचित्रमा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहनेछन् ।

एप्पल इन्टरटेनमेन्ट कम्पनीले वितरण गर्ने चलचित्रको ययसअघि सार्वजनिक टिजर र पोस्टर चर्चामा छ। चलचित्रमा मिरुना ‘मनसरा’को भूमिकामा छिन् । ब्लकबस्टर ‘जारी’पछि उपेन्द्रले दयाहाङ र मिरुनाको यो जोडीलाई लिएर दोस्रोपटक चलचित्र निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर