पपस्टार माइकल ज्याक्सनको गीत सोनी म्युजिकले किन्यो

२८ माघ २०८० ८:११

पपस्टार माइकल ज्याक्सनको गीत सोनी म्युजिकले ६०० मिलियन डलरमा किनेको छ। करिब ५० वर्षको उमेरमा निधन भएका ज्याक्सन सर्वकालीन सफल पपस्टार हुन्, जसका एल्बमले विश्वभर ४०० मिलियन डलरभन्दा बढी बिक्रीको रेकर्ड राखेका छ। ब्रस स्प्रिंगस्टिनले आफ्ना पुराना गीत ५०० मिलियन डलर र बब डिलनले ४५० मिलियन डलरमा गीत बिक्री गरेको जनाइएको हो।

गिनिज विश्व कीर्तिमानका अनुसार सन् १९८२ मा रिलिज भएको एल्बम ‘थ्रिलर’ अझै पनि धेरै बिक्री हुनेमध्ये पर्छ । पपको राजा भनिने ज्याक्सनलाई अहिले पनि स्पोटीफाइमा मासिक ४० मिलियन पटक सुनिन्छ ।

उनका गीतहरु ‘बिली जिन’ र ‘बीट इट’गीतलाई स्पोटीफाइमा एक अर्बभन्दा बढी पटक बजाइएको छ । ज्याक्सनको भतिजाले शीर्ष भूमिका निर्वाह गर्ने आगामी बायोपिक फिल्मले पनि नि:सन्देह चासो बढाउने छ ।

ब्याक क्याटलग सम्झौतामा ज्याक्सनको मिज्याक प्रकाशन समूहले अधिग्रहण गरेका अन्य कलाकारका गीतहरु पनि समावेश गरेको भनिएको छ, जसमा रे चार्ल्स, एल्विस प्रेस्ली र अरेथा फ्र्याङ्कलिनका हिट गीतहरू समावेश छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *