मोफसल प्रचारमा ‘गोर्खा वारियर’

२८ माघ २०८० ५:२४

यही फागुन ११ गतेबाट देसभर प्रदर्शनमा आउने चलचित्र ‘गोर्खा वारियर’ मोफसल प्रचामा निस्किएको छ । चलचित्र युनिटले मंगलबार धरानमा र बुधबार बिहान हेटौंडामा प्रेसमिट आयोजना गर्दै चलचित्र बारे थप जानकारी दिएसँगै सो चलचित्रका सम्पूर्ण युनिट शुक्रबार पोखरा पुगेर प्रेसमिट गरेको हो।

बुधबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनका क्रममा सो चलचित्रका निर्देशक मिलन चाम्सले नेपाली चलचित्र ‘गोर्खा वारियर’ गोर्खाली सेनामा आवद्ध रहेका पुर्खाहरुको मौलिक चलचित्र रहेको बताए । चलचित्र प्रचार प्रसारको क्रममा हेटौंडा आइपुगेका निर्देशक चाम्सले चलचित्र ‘गोर्खा वारियर’ ७० वर्ष अघिको नेपाली मौलिक सामाजिक कथावस्तुका साथै युद्धमा गोर्खालीहरुको कथावस्तुमा आधारित रहेको बताए ।
नायिका रेविका गरुङले चलचित्र उत्कृष्ट बनेको बताईन् । अभिनय गर्दैगर्दा पुर्खाहरुको झझल्कोका साथै उहाँहरुले गर्नुभएको दुख र संघर्षलाई नजिकबाट नियाल्न पाएको उनले बताइन् ।

पेशाले पूर्व ब्रिटिश हार्मी तथा पाईलट समेत रहेका अभिनेता रितेश चाम्सले यस चलचित्रका लागि ३ वर्ष वर्कसप गरेको बताए । आफ्नो ड्रिम प्रोजेक्ट समेत रहेको बताउँदै गार्खाली भएर आफ्नो अभिनय प्रतिभा निर्वाह गरेको बताए । उनले फिल्मलाई एक पटक हेरिदिन समेत आग्रह गरेका छन् । सच्चा नेपालीले आफ्नो पुर्खा अंग्रेससँग लड्नुका साथै विट्रिस आर्मी वा अन्य देशका सैनिकका भर्ति भएर गोर्खालीको पहिचान बनाउन सफल भएकोले पनि नेपाललाई चिनाउने गोर्खालीहरुको कथा चलचित्रमा रहेको बताए ।

निर्देशक मिलन चाम्सको निर्देशनमा तयार भएको यस चलचित्रलाई सोलुखुम्बुका पहाडी क्षेत्रमा, सगरमाथा, सिन्धुलीको जङ्गल र दरवार क्षेत्रका साथै मलेसियामा छाँयाकन गरिएको हो। चलचित्रमा रेविका गुरुङ, रितेश चाम्ससँगै विजय लामा, कविता आले, रिअर राई, सुरज तमु, भुवनसिं राई, त्रिछु राई, दिग्गज खत्री लगायतको कलाकारहरुको अभिनय रहेको यस चलचित्रलाई प्रशान्त थापा, राजेन्द्र घिमिरे, सुरेश राई, ज्योतिराज राई, सुमी राई, निर्मला राई परिवेश, नितम राईले संयुक्त रुपमा निर्माण गरेका छन् । निर्माताको रुपमा सुमन राई र सुस्मिता वाईवा रहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *