‘हात्तीछाप’लाई दर्शकको उत्कृष्ट प्रतिक्रिया

२७ माघ २०८० १४:४७

शुक्रवारबाट देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘हात्तीछाप’लाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन्।

शनिबार काठमाडौंको केएल टावरस्थित एफक्यूब हलमा चलचित्र हेर्न पुगेका दर्शकले समसामयिक विषयमा नयाँ ढंगले चलचित्र निर्माण भएको भन्दै चलचित्रलाई उत्कृष्ट प्रतिक्रिया दिएका हुन्। वितरक रोहित कट्टेलका अनुसार आज शनिवार चलचित्रको कमाई सुखद रहेको बताउँदै उनले आगामी दिनमा चलचित्रको व्यापार अझै बढ्ने विश्वास समेत व्यक्त गरे ।

चलचित्र हेरेर फर्किएका केही दर्शकले भने ‘हात्तीछाप’को कथावस्तु नयाँ रहेको भन्दै सिक्वेलको प्रतीक्षा रहेको बताए । चलचित्रको अन्तिममा सिक्वेलको घोषणा समेत गरिएकाले चाँडै नै तयार हुने आशा उनीहरूको थियो ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको यस चलचित्रलाई दर्शकको प्रतिक्रिया सुखद आएको र शनिबारको व्यापार पनि बढेको बताउँदै आगामी दिनमा पनि व्यापारको ट्रेन्ड यस्तै रहने विश्वास व्यक्त गरेका थिए ।

दर्शक प्रतिक्रिया लिन हल पुगेकी नायिका उपासना सिंह ठकुरीले निकै राम्रो प्रतिक्रिया पाएको भन्दै खुशी व्यक्त गरिन् । उनले भनिन्–‘मलाई एकदमै राम्रो प्रतिक्रिया आइरहेको छ । दर्शकले मेरो भूमिका र चलचित्रलाई नै मन पराउनु भएको छ । म निकै नै उत्साहित छु ।’ उनले चलचित्रमा गाउँको एउटा सुन्दर प्रेमकथा र बोतल राजाको कथालाई प्रस्तुत गरेको भन्दै सबैलाई हेर्न आग्रह गरिन् । यस्तै, कलाकार बुद्धि तामाङले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको बताए ।

दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, विल्सन विक्रम राई, सुष्मा निरौला लगायतका कलाकारको अभिनय रहेको यस चलचित्रलाई निर्देश सिमोस सुनुवारले निर्देशन गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *