सन्तान जन्माउने विषयमा केकीको यस्तो जवाफ

२७ माघ २०८० ९:२७

करिब २ बर्ष अगाडि प्रेमी रोहित तिवारीसँग बिवाहा बन्धनमा बाधिएकि नायिका हुन् केकी अधिकारी । उनलाई आजभोलि धेरै जसो चलचित्रका कार्यक्रमहरुमा एउटा प्रश्न सोधिने गरिएको छ । कि सन्तान कहिले जन्माउने ? उनि यो प्रश्नले हैरान छिन् ।

यिनै प्रश्नका कारण निकै हैरानी खेपिरहेकि केकीले भने यी प्रश्नहरूलाई विभिन्न शैलीका जवाफ दिएर टारिरहेकी छिन् । उनि बिवाह पश्चात् निरन्तर चलचित्रमा व्यस्त भइन् । तर, यतिबेला भने नायिका अधिकारी स्वयमले नै निर्माण तथा अभिनय गरेको चलचित्र ‘बोक्सीको घर’को प्रचारमा व्यस्त छिन् । 

बिहिबार आयोजित चलचित्र ‘दयारानी’को प्रिमियरमा केकीलाई केहि पत्रकारले सन्तानका लागि प्रेसर आएको छ कि छैन भन्दै प्रश्न गरे । यसमा केकीले भनिन्–‘मलाई सन्तानका लागि कुनै पनि दबाब आएको छैन । फेरि, प्रेसर बढेको बेलामा सन्तान जन्माउनु पनि हुँदैन । डाक्टरले पनि प्रेसर कम भएको समयमा नै सन्तान जन्माउन सल्लाह दिनुहुन्छ, होइन र ।’ भन्दै उल्टै पत्रकारलाई नै प्रश्न तेर्साइन्।

उनले पुनः आफ्नो घर-परिवारबाट पनि आफूलाई सन्तान जन्माउनका लागि कुनै दबाब नआएको तर्क गरिन् । तर, उनले ‘बोक्सीको घर’को प्रेसर भने आफूमाथि रहेको स्विकारिन्

सोही चलचित्रको प्रिमियरमा केकीसँगै रहेकी अर्की नायिका प्रियंका कार्कीले भनिन्–‘प्रेसरले कहिले पनि बच्चा जन्माउनु हुँदैन ।’ प्रियंकाले सल्लाह आफैंमा एउटा प्रेसर भएको भन्दै केकीलाई कुनै पनि खालको सुझाव आफूले नदिने बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *