‘अगत्स्य’को ‘मायामा’ गीतमा सौगात र मलिकाको छल्कियो प्रेम

२६ माघ २०८० ११:३६

चलचित्र ‘अगस्त्यः च्याप्टर १’को पहिलो गीत सार्वजनिक गरिएको छ । चलचित्रको पोस्टर र टिजर हिट भएपछि यसको निर्माणपक्षले पहिलो गीत सार्वजनिक गरेको हो ।

‘मायामा तिम्रै मायामा’ बोलको पहिलो गीतमा एसडी योगी र विज्ञान पराजुलीको स्वर, योगीकै संगीत, सविन एकतारेको शब्द छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु सौगात मल्ल, मलिका महत र रविन्द्र झा लगायतलाई फिचरिङ गरिएको छ । यो गीतको भिडियोमा सौगात र मलिकाको सफ्ट प्रेम कथालाई देखाइएको छ । सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, बिजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्र लगायतको अभिनय छ ।

यो चलचित्रको फस्टलुक सार्वजनिक भएपछि यसको चर्चा निकै बढेको छ । यस्तै, चलचित्रको टिजर सार्वजनिक भएपछि यसको हाइप उच्च छ । डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुती रहेको चलचित्रमा प्रकाश मल्ल, अनिश तामाङ, विनोद पौडेलको लगानी छ । चलचित्रमा विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माताको रुपमा छन् ।

यो चलचित्रमा संजय लामाको छायांकन, मनोज श्रेष्ठको भीएफएकस, कविराज गहतराजको कोरियोग्राफी, सुप्रिम पराजुलीको कलर छ । यो चलचित्र फागुन १८ गते नेपालसँगै अमेरिका र बेलायतमा पनि रिलिज हुनेछ । अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, जापान, कोरिया, हङकङ र थाइल्याण्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्य पूर्वका देशहरुमा ७ सय ५० शोज उपलब्ध हुने निर्माताको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *