देशभरका हलमा ‘हात्तीछाप’लाई १६४, ‘दयारानी’लाई ११३ शोज

२४ माघ २०८० १४:१२

शुक्रबारदेखि रिलिजमा आउन लागेका दुई नेपाली चलचित्र ‘हात्तीछाप र दयारानी’ माथि प्रदर्शकको उच्च आशा देखिएको छ । यसैले, यी दुबै चलचित्रलाई नेपालभरका प्रदर्शकले उच्च शोज उपलब्ध गराएका छन् । नयाँ हिन्दी चलचित्र रिलिजको बाबजुत पनि यी दुबै चलचित्रले देशभरका हलमा करिब ३ सय शोज प्राप्त गरेका छन् । जसमा, अझै केही सिंगल हलहरुको आँकडा यहाँ समावेश गरिएको छैन ।

सिमोस सुनुवारको निर्देशनमा किरण नेपालीको प्रस्तुतिमा तयार भएको चलचित्र ‘हात्तीछाप’ले देशभरका मल्टिप्लेक्समा १६४ शोज पाएको छ । सिंगल हलको समेत शोज हेर्दा चलचित्रले करिब २ सय शोज पाएको छ । यस्तै, अर्को चलचित्र ‘दयारानी’लाई देशभरका मल्टिप्लेक्सले ११३ शोज उपलब्ध गराएका छन् । माओत्से गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रबाट पनि प्रदर्शकहरुले उच्च आशा राखेको देख्न सकिन्छ ।

दुबै चलचित्रले दर्शकको उच्च साथ पाउने अपेक्षा गरिएको छ । केही महिनादेखि नेपाली चलचित्रले हलमा राम्रो व्यापार नगरिरहेको समयमा यी दुई चलचित्रबाट सिंगो चलचित्र क्षेत्रले नै उच्च आशा गरेको छ ।

चलचित्र ‘हात्तीछाप’मा कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बिजय बराल, पुस्कर गुरुङ, विल्सन विक्रम राई, बेनिशा हमाल लगायतका कलाकारको अभिनय छ । यस्तै, चलचित्र ‘दयारानी’मा दयाहाङ राई र दिया पुनको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *