‘मेयर’मा वर्षा फाइनल, लाइनअपमा ४ फिल्म

२४ माघ २०८० १३:५७

नायिका वर्षा राउतले नयाँ चलचित्रमा काम गर्ने पक्का भएको छ । फागुनको दोस्रो साताबाट छायांकनमा जान लागेको चलचित्र ‘मेयर’मा उनले काम गर्ने पक्का भएको हो । चलचित्रका निर्देशक दीपेन्द्र के खनाल र नायिका वर्षा राउतले चलचित्रका लागि आज संझौता गरेका हुन् ।

चलचित्रमा वर्षाको भूमिका के हुने भन्ने खुलेको छैन । तर, वुझिएअनुसार वर्षाले चलचित्रमा दुई कालखण्डको भूमिका निर्वाहा गर्नेछिन् । चलचित्रमा उनी ‘मेयर’की प्रेमिका र पत्नीको भूमिकामा देखिन लागेको वुझिएको छ ।

यो चलचित्रको शिर्ष भूमिकामा कलाकार खगेन्द्र लामिछाने फाइनल भइसकेका छन् । यसको निर्माणपक्षले सर्लाहीमा पुगेर लोकेशन समेत हेरिसकेको छ ।

चलचित्र ‘मेयर’ले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको कथा भन्नेछ । खगेन्द्र र वर्षाले पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् ।

वर्षाको लाइनअपमा अब ४ वटा चलचित्र पुगेको छ । वर्षा अभिनित चलचित्र ‘महाजात्रा’ चैत्रको ९ गतेबाट रिलिज हुँदैछ । उनले चलचित्र ‘तेल भिसा र अवतार’ पनि साइन गरिसकेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *