‘रुमानी’मा साम्राज्ञी र आर्यनको जोडी फाइनल

२२ माघ २०८० ७:५३

चलचित्र ‘रुमानी’ बन्ने भएको छ । ग्लोबल मिडिया रिसर्च सेन्टर प्रालिको ब्यानरमा तयार हुन लागेको यो चलचित्रको निर्माणमा आविष्कार बहुसन्चार प्रा.लिले सहकार्य गरेको छ । जीएम ठकुरीको प्रस्तुतिमा तयार हुने यो चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक आर्यन अधिकारीको जोडी फाइनल भएको छ ।

साम्राज्ञी र आर्यनको यो पहिलो सहकार्य हो । चलचित्रलाई अनिल योञ्जनले निर्देशन गर्दैछन् । अनिलले चलचित्र ‘डायरी’को निर्देशन गरेपछि नयाँ चलचित्र बनाएका छैनन् ।

चलचित्रमा हरि मल्ल ठकुरी कार्यकारी निर्माता, सुशिल थापा, श्रृजना बस्नेत, सन्तोष सरु र विजय अधिकारी सह–निर्माताको रुपमा छन् । चलचित्रमा महेश पौडेलको छायांकन रहने पक्का भएको छ । लभ स्टोरी कथामा निर्माण हुन लागेको चलचित्रको सम्पूर्ण छायांकन अष्ट्रेलीयामा हुनेछ ।

चलचित्र ‘नाङ्गो गाउँ’मा सह–नायिकाको रुपमा काम गरेपछि साम्राज्ञीले नयाँ चलचित्र साइन गरेकी थिइनन् । अब, उनी आफ्नै सहज धारमा फर्किएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *