‘उपहार’को शिर्ष गीतमा रेखा, पूजा र बेनिशाको छल्कियो पीडा

१८ माघ २०८० ९:५८

फागुनको २५ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘उपहार’को तेस्रो गीत सार्वजनिक भएको छ । ‘हारेको छैन’ बोलको गीतमा रविन भुषालको स्वर, प्रमोद ढुंगानाको शब्द र अर्जुन पोखरेलको संगीत छ ।

सार्वजनिक यो गीतले चलचित्रको भाव बोलेको छ । चलचित्रका पात्रहरुको मनोभाव, उनीहरुको जीवनमा घटिरहेको घटनाहरुलाई यो गीतको भिडियोमा प्रस्तुत गरिएको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्रमा सुलभ प्रतिक र समिक्षा देउजा निर्माता, बलराम शाही कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रमा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राना, सुष्मा कार्की, अन्जु महर्जन लगायतका कलाकारको अभिनय छ ।

अर्जुन र बाबुल गिरीको संगीत रहेको चलचित्रमा कविराज गहतराको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन निर्देशन, बिष्णु कल्पितको छायांकन, मित्र डी गुरुङको सम्पादन छ । सुलक्षण भट्टराइको कथा रहेको फिल्ममा सुलक्षणाको साथमा अभिमन्यू निरवीर माधव शर्माको पटकथा तथा संवाद छ ।

चलचित्रको पहिलो गीत चर्चामा रहँदा दोस्रो गीत भने औषत थियो । सार्वजनिक तेस्रो गीतले दर्शकको मन जित्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *