असोज ११ बाट ‘ह्रस्व दीर्घ’ रिलिज हुने, यस्तो छ ब्रमानन्दमको लुक्स

१८ माघ २०८० ४:१३

चलचित्र ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति तय गरिएको छ । नायिका नीता ढुंगानाको लगानीमा तयार भएको चलचित्रको दोस्रो सेड्यूलको छायांकन सकिएसँगै यसको प्रदर्शन मिति तय गरिएको हो ।

यो चलचित्रलाई आउँदो बर्षको असोजको ११ गतेबाट नेपालसँगै भारत र अन्य देशमा रिलिज गर्ने तयारी गरिएको छ । चन्द्र पन्तको निर्देशनमा तयार भएको चलचित्रको फस्टलुकमा साउथका चर्चित कलाकार ब्रमानन्दम मात्र फिचर छन् । उनको जन्मदिनको अवसर पारेर चलचित्रको फस्टलुक र प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।

फस्टलुकमा साउथका यी चर्चित कलाकार निधारमा चन्दन लगाएर मुस्कुराएका छन् । यस्तै, अर्को एक तस्विरमा भने उनको अनुहार रिसाएको जस्तो देखिन्छ । चलचित्रमा नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, विपना थापा, किरण केसी, गरिमा शर्मा र साउथका अर्का चर्चित कलाकार प्रदिप सिंह राउतको मुख्य भूमिका छ ।

चलचित्रमा हरिहर अधिकारीको कथा, कविरलालको छायांकन छ । निर्माणपक्षले यो चलचित्रको निर्माणमा निकै मिहिनेत गरिरहेका छ । साथमा, चलचित्रका लागि महंगो बजेट समेत खर्च भएको वुझिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *