कास्कीकोटमा पुजा गर्दै सुरु भयो ‘पुजार सार्की’को छायांकन

१६ माघ २०८० ८:५२

फिल्म ‘पुजार सार्की’को छायांकन आजबाट सुरु भएको छ । नायकत्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य भूमिका रहेको यो फिल्मको छायांकन कास्की जिल्लाको कास्कीकोटबाट सुरु भएको हो ।

आइतबार पहिलो अनुहार सार्वजनिक गरेपछि फिल्मको हाइप उकासिएको छ । फिल्मको अन्तरराष्ट्रिय अधिकार समेत विक्री भइसकेको छ । कास्कीकोटमा नै यो फिल्मको सम्पूर्ण छायांकन हुने निर्माणपक्षले बताएको छ । फिल्मका कलाकार तथा प्राविधिकहरुले क्यामेरा पूजा गर्दै छायांकन सुरु गरेका हुन् ।

दिनेश राउतको निर्देशनमा तयार हुने फिल्मलाई विकास सुवेदीले लेखेका हुन् । फिल्मले जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरुले गर्ने साझा संघर्षको कथालाई भन्नेछ । फिल्ममा नायिकाद्धय अन्जना बराइली र परीक्षा लिम्बुले पनि मुख्य भूमिकामा अभिनय गर्नेछन् ।

फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतका कलाकारको पनि अभिनय रहनेछ ।
सुवास भुषालको लगानीमा बन्ने फिल्ममा राजेश श्रेष्ठको डीओपी, सुप्रिम पराजुलीको सम्पादन रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *