‘दुःखी आत्मा’मा दयाको जोडी आँचल

१६ माघ २०८० ४:२०

चलचित्र ‘नाङ्गो गाउँ’ हिट भएपछि निर्माता हिमाल कडरियाले नयाँ चलचित्र बनाउने पक्का भइसकेको छ । उनले, निर्माण गर्न लागेको नयाँ चलचित्रको नाम ‘दुःखी आत्मा’ राखिएको छ । चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्दैैछन् । जसले, चलचित्र ‘नाङ्गो गाउँ’ पनि निर्देशन गरेका थिए ।

यो चलचित्रमा नायक दयाहाङ राई फाइनल भइसकेका थिए । अब, नायिकको रुपमा आँचल शर्मालाई निर्माण टिमले फाइनल गरेको छ । चलचित्रको स्क्रिप्टले आँचललाई नै डिमाण्ड गरेकाले उनलाई अनुवन्धित गरिएको निर्माणपक्षले बताएको छ । चलचित्रका लागि अन्य कलाकार र प्राविधिक फाइनल चरणमा रहेको निर्माता कडरियाले बताए ।

चलचित्रको छायांकन चैत्र महिनाबाट सुरु गर्ने तयारी गरिएको छ । चलचित्रले सामाजिक कथावस्तुलाई हाँस्य शैलीमा प्रस्तुत गर्नेछ ।

निर्माता कडरियाले चलचित्र ‘गाउँ नै रमाइलो’ निर्माणको पनि घोषणा गरिसकेका छन् । दिनेश राउतको निर्देशनमा बन्ने यो चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल र मिरुना मगर फाइनल भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *